सरिताको सम्झनालाई जाली रुमाल


sareeta-prajapati

ग्ल्यामर नेपाल, काठमाडौं । पेशा नर्सिङ भए पनि सरिता प्रजापतिलाई गायनमा ठूलो शोख छ। यही शोखको कारण नै उनले हालसम्म तीनवटा एल्बम श्रोता तथा दर्शकमाझ ल्याइसकेकी छन्। उनले तेस्रो एल्बम ‘जाली रुमाल’को शीर्ष गीत ‘सम्झनालाई जाली रुमाल’को भिडियो दर्शकमाझ ल्याएकी छन्।
बैंकर गीतकार गोविन्दप्रसाद उपाध्यायको शब्दमा विक्रम थापाले संगीत भरेको उक्त भिडियोका निर्देशक विधान कार्की हुन। ‘एल्बममा एउटा मात्र गीत छ, डान्सिङ नम्बरको लोक पप फ्लेबरमा छ।’ गायिकाले भनिन्,‘सिंगल ट्रयाकको प्रोमोशन गरेकी हुँ।’ सानैदेखि संगीत प्रति रुची राख्ने सरिताले रोशनकुमार राजभण्डारी र हाल गुरुदेव कामतसँग संगीत सिकिरहेकी छन्।

उनको गीति भिडियोमा वर्षा शिवाकोटी, किरण लाकौल, सुदिप सापकोटा, प्रविन आत्रेय र निरज बनले अभिनय गरेका छन्। ज्याक्सनको कोरियोग्राफी रहेको भिडियोमा निशान्त घिमिरेको सम्पादन र ज्ञानेन्द्र शर्माको छायांकन छ।

SUBSCRIBE 👉