क्यान्सरमुक्त मनिषा, ‘सितारे’मार्फत कमब्याक


manisha-koirala

ग्ल्यामर नेपाल, काठमाडौं । नेपालीमुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाका फ्यानहरुलाई खुशीको खबर। पहिलो कुरा त उनी क्यान्सरमुक्त भएकी छिन् भने दोस्रो बलिउडमा कमब्याक हुँदैछिन्।

हालै न्यूर्योकमा भएको पुन: स्वास्थ्य परीक्षणका क्रममा मनिषा क्यान्सर फ्रि भएको देखिएको हो। उनी आफैंले ट्वीटरमार्फत क्यान्सरमुक्त भएको जनाएकी छिन्। योसँगै उनी बलिउडमा कमब्याक हुन लागेको खबर पनि सार्वजनिक भएको छ। दर्जनौं हिट फिल्मकी यी अभिनेत्री ‘सितारे’ नामक नयाँ फिल्ममा अनुबन्ध भएको इन्डियन एक्सप्रेसको अनलाइन संस्करणमा उल्लेख छ। बलिउडका कलाकारको जीवनमा आधारित रहने यो फिल्मलाई कपिल शर्माले निर्देशन गर्दैछन्। मनिषा पछिल्लो पटक रामगोपाल बर्माको ‘भूत रिटन्र्स’मा देखिएकी थिइन्।

SUBSCRIBE 👉