इंग्ल्याण्डमा रोमान्स गर्दै विराट–अनुष्का


Anushka-Virat

बलिउडमा आएका आफ्ना सबै गसिपलाई सत्य साबित गर्दै भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा सार्वजनिक रुपमै रोमान्समा तल्लिन हुन थालेका छन् । हालै यो जोडी रोमान्टिक अवस्थामा इंग्ल्याण्डमा भेटिएपछि उनीहरुको रोमान्स सार्वजनिक भएको हो । लण्डनमा भइरहेको क्रिकेटमा सहभागिता जनाउन विराट त्यहाँ पुगे पनि उनलाई रोमान्टिक बनाउन अनुष्का पनि सँगै देखिएकी छन् । क्रिकेटरलाई आफ्नी श्रीमति या साथीलाई प्रतियोगिता हेर्न लैजान अनुमति पाए बमोजिम विराटले पनि अनुष्कालाई लैजानका लागि क्रिकेटको आधिकारिक संस्था बीसीसीआईलई अनुमति मागेका थिए, जसलाई बीसीसीआईले स्वीकारेको थियो ।

यसअघि पनि यो जोडी धेरैपटक सार्वजनिक स्थलमा सँगै देखिएका थिए । अनुष्का आफ्नो फिल्मी करियर र विराट क्रिकेट करियरमा व्यस्त भए पनि उनीहरु भेट गर्नका लागि भने समय निकाल्ने गरेका छन् । केही समय अघि यो जोडीलाई न्यूजिल्याण्डको सडकमा घुमिरहेको अवस्थामा भेटिएको थियो । अनुष्काको जन्मदिन मनाउन विराट जोधपुरमा भइरहेको फिल्मको सुटिङ सेटमा पनि पुगेका थिए ।

SUBSCRIBE 👉