हनिमुनमै श्रीकृष्ण बिरामी


Shree-Krishna-Shrestha
ग्ल्यामर नेपाल, काठमाडौं । असार २६ गते नायिका स्वेता खड्कासँग वैवाहिक जीवनमा बाँधिएर हनिमुन मनाउन भारत पुगेका नायक श्रीकृष्ण श्रेष्ठ बिरामी भएका छन् । विवाहको दिनदेखि नै अस्वस्थ्य रहँदै आएका श्रीकृष्ण हनिमुनको समयमा बिरामी परेको स्वेताले स्वीकारेकी छन् ।

स्वेताले फेसबुकमा श्रीकृष्णलाई सुख्खा खोकी लागेपछि डाक्टरले केही समय आराम गरेपछि मात्र नेपाल फर्कन सुझाव दिएपछि आफुहरु बस्नुपरेको उल्लेख गरेकी छन् । उनीहरु अभिनित र आकाश अधिकारीद्वारा निर्देशित फिल्म ‘कोहिनुर’ आगामी साउन २३ गतेबाट अल नेपाल प्रदर्शन हुँदैछ । बताइए अनुसार उनीहरु हाल जम्मु कश्मिरमा छन् ।

‘मेरो पति श्रीकृष्ण श्रेष्ठ सुख्खा खोकीले बिरामी पर्नु भएको छ । केही दिनको आराम पछि हामी नेपाल फर्कन्छौं,’स्वेताले फेसबुकमा लेखेकी छिन्,‘नेपाल फर्किएपछि हामी फिल्मको प्रचारप्रसारमा जुट्ने छौं ।’ दशक अघि अल्सर पीडित हुँदा श्रीकृष्णलाई ठूलै खर्च गरिएर निको उपचार गरिएको थियो । पारिवारिक श्रोतका अनुसार श्रीकृष्ण विवाह अघिदेखि नै केही बिरामी भएका थिए । डाक्टरले तौल घटाउन सुझाव दिएपछि श्रीकृष्णले आफ्नो तौललाई ७८ किलोबाट ७१ केजीमा झारेका थिए ।

SUBSCRIBE 👉