पीकेमा न्यूड आमिर


Aamir-Khan

बलिउड सुपरस्टार आमिर खान आफ्नो आगामी फिल्म ‘पीके’मा नग्न भएको चर्चा व्यापक चलिरहँदा उनले फिल्मको पोष्टरका लागि न्यूड पोज दिने चाहिँ पुष्टि भएको छ। समाचार अनुसार आमिर फिल्मको पोष्टरमा न्यूड देखिनेछन् । उनको शरीरको केही भाग स्टीरियो डिवाइसले ढाकिएको हुनेछ ।

दर्शकलाई हलसम्म तान्न आमिरलाई पोष्टरमा न्यूड रुपमा प्रस्तुत गर्न लागिएको हुन सक्ने अनुमान फिल्म विश्लेषकहरुले गरेका छन् । यही फिल्मलाई लिएर केही समयदेखि आमिर चर्चामा छन् । चर्चा हुने कारण यो हो कि उनले फिल्ममा अलग–अलग भूमिका निभाएका छन्।

आमिरले राजस्थानको कुनै एक जंगलमा फिल्मको लागि न्यूड सिनको सट दिएको बताइएको छ । तर उक्त दृश्य भने अश्लिल होईन्, जबकी उक्त दृश्य केबल इमोसनल मात्र हुनेछ । आफ्नो फिल्म ‘थ्री इडियट्स’मा तौलिया बेरेर अर्धनग्न देखिएका आमिर पहिलोपटक ‘पीके’मा न्यूड देखिँदैछन् । अहिले आमदर्शकमा फिल्मको ट्रेलर भन्दा पनि यसको पोष्टरलाई लिएर क्रेज बढेको छ । यसकारण पनि फिल्मका निर्माता पोष्टरलाई आकर्षक बनाउन लागिपरेका छन् ।

SUBSCRIBE 👉