राजेश खन्नाको घर महंगो मूल्यमा विक्री


Rajesh-Khanna-Home
बलिउडका पहिलो सुपरस्टार अभिनेता स्वर्गीय राजेश खन्ना ‘काका’को कार्टर रोडस्थित घर ‘वरदान आशीर्वाद’ महंगो मूल्यमा विक्री भएको छ । खन्नाको दोस्रो पुण्यतिथी भन्दा केही दिन अघि घर विक्री भएको समाचारमा जनाइएको छ । घर किन्नेको पहिचान नखुले पनि उक्त घर करिब ९५ करोड रुपैंयाँमा विक्री गरिएको प्रारम्भिक अनुमान गरिएको छ ।

तर रियल स्टेट सूत्रले उक्त मूल्य निकै कम भएको जनाएको छ । सूत्रका अनुसार भूतहा र क्षेत्रफल कम भएकोले उक्त घरको मूल्य उच्च छैन । कोही सेठ्ठी थरका व्यक्तिले खन्नाको घर किनेको बुझिएको छ । राजेशको निधन पश्चात उक्त घरको स्वामित्व छोरी ट्वीन्कल र रिंकीको भागमा परेको थियो । लामो समयसम्म खन्नासँगै बसेकी अनिता आडवाणीले पनि उक्त घरसहितको सम्पत्तिमा हकदाबी गर्दै आएकी थिईन् । राजेशले यो घर आफ्नो समयका चर्चित अभिनेता राजेन्द्र कुमारसँग ३ दशमलब ५ लाखमा खरिद गरेका थिए ।

राजेशले घर किन्दा घरको नाम डिम्पल थियो । राजेश घरको नाम बदल्ने पक्षमा नरहे पनि राजेन्द्रको अनुरोधमा उनले बंगलाको नाम वरदान आशीर्वाद राखेका थिए । दुई छोरीले उक्त घरलाई संग्राहलयको रुपमा राख्ने सोच बनाए पनि केही प्राविधिक कारणले त्यो पुरा हुन सकेको थिएन् ।

SUBSCRIBE 👉