वैवाहिक बन्धनमा बाँधिए अभिनेता सलोन र करिश्मा


अभिनेता सलोन बस्नेत विवाह बन्धनमा बाँधिएका छन्। नेपाल एयरलाइन्समा एयर होस्टेस रहेकी करिश्मा केसीसँग उनले लगनगाँठो कसेका हुन्। सलोन र करिश्माले चार वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्। सोमबार विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए।

गत शनिवार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेवन रिसोर्टमा मेहेन्दी र संगीतको कार्यक्रम भएको थियो, जहाँ केही चर्चित कलाकारहरु पनि उपस्थित थिए। संगीत कार्यक्रममा सलोन अभिनेता सलिनमान बनियाँको काँधमा चढेर नाचेको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल छ।

सलोन र करिश्माले एकसाथ ‘यति माया गर्दा पनि’ बोलको म्यूजिक भिडियोमा पनि अभिनय गरेका छन्। यसपछि भने उनीहरुले म्यूजिक भिडियोमा काम गरेका छैनन्। पेशाले एयर होस्टेस भए पनि करिश्माले विभिन्न व्यवसायमा समेत हात हालेकी छन्। उनले अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालासँग मिलेर दरबारमार्गमा एक कोरियन रेस्टुरेन्ट चलाउँदै आइरहेकी छन्।

बाल्यकालदेखि नै अभिनयमा सक्रिय सलोन विवाहपछि पिता शाभित बस्नेतले निर्माण गर्न लागेको नयाँ फिल्म ‘जय हो’मा काम गर्ने तयारीमा छन्। होस्टेल, गाजलु लगायत फिल्ममा अभिनय गरेका सलोन अभिनीत फिल्म ‘मिलन’ हलमा प्रदर्शनरत छ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.