सलमानको ‘शुद्धि’ पारिश्रमिक १ सय ५० करोड


Salman-Karan-Johar
बलिउड ब्याड ब्वाई सलमान खानको फिल्मी भाउ अहिले निकै बढेको छ । उनी अभिनित फिल्म ‘किक’ हाल प्रदर्शन भइरहेको बेला उनले गर्न लागेको अर्को नयाँ प्रोजेक्टका लागि कीर्तिमानी रकम लिएका छन् । समाचार अनुसार उनले करण जोहारको फिल्म ‘शुद्धि’का लागि १ सय ५० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । जुन बलिउडमा कुनै पनि कलाकारले लिएको सर्वाधिक ठूलो पारिश्रमिक हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमानको उक्त पारिश्रमिक फिल्मको पहिलो हप्ताको विश्वव्यापी कलेक्सन, फिल्मको सेटलाइट राइट्सको ४० प्रतिशत हिस्सा र फिल्मको कुल मुनाफाको २० प्रतिशत हिस्सावापत रहेको हो । फिल्मका व्यापार विश्लेषक तरुण आदर्शले अभिनेताको पारिश्रमिकको कुरा निर्माता र अभिनेताबीचको सहमतिमा हुने भएकाले त्यसमा कसैले पनि केही गर्न नसक्ने बताए ।

SUBSCRIBE 👉