कर नतिरेपछि बलिवुड हिरोईन ऐश्वर्याविरुद्ध नोटिस जारी


बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा फसेकी छन्। नासिकमा रहेको आफ्नो जमिनको करका समस्यामा परेकी हुन्। भारतीय सञ्चार माध्यमले जनाए अनुसार उनको जमिनको करकालागि त्यहाँको तसलीदारले ऐश्वर्याविरुद्ध नोटिस जारी गरेपछि उनी समस्यामा परेकी हुन्। ऐश्वर्याले अहिलेसम्म कर तिरेकी छैनन्।

समाचारमा जनाइएअनुसार नासिकको सिन्नरस्थित अडवाडी इलाकामा ऊर्जा उत्पादन गर्ने कम्पनीकोलागी लिएको ऐश्वर्याको जमिन छ। उक्त जमिनको एक वर्षको २१ हजार ९ सय ६० रुपियाँ कर बाँकी छ।नोटिसमा ऐश्वर्यालाई आगामी मार्च महिनासम्म सो कर चुक्ता गर्न भनिएको छ।

ऐश्वर्याले भने यति थोरै बाँकी करका बारेमा हालसम्म कुनै प्रतिक्रिया जनाएकी छैनन्। समाचारमा जनाइएअनुसार ऐश्वर्याले हावाबाट ऊर्जा उत्पादन गर्ने कम्पनी सुजलानमा लगानी गरेकी छन्। ऐश्वर्याका अलावा थुप्रै चर्चित हस्तीले सो कम्पनीमा लगानी गरेका छन्।

SUBSCRIBE 👉