मिस इको इन्टरनेसनलमा नेपालको प्रतिनिधित्व गर्दै रक्षा उप्रेती


रक्षा उप्रेतीले इजिप्टमा आयोजना हुन लागेको ‘मिस इको इन्टरनेसनल २०२३’ मा नेपालको प्रतिनिधित्व गर्ने भएकी छन्। उप्रेतीलाई ग्रिन आर्ट मिडियाले सहभागी गराउन लागेको हो। हालै राजधानीमा आयोजित एक कार्यक्रममा उप्रेतीलाई प्रतियोगीको रूपमा सार्वजनिक गरिएको थियो। सो कार्यक्रममा उप्रेतीलाई पहिलो मिस इको इन्टरनेसनल नेपाल २०१७ की विजेता रोनाली अमात्यले ताज पहियाइदिएकी थिइन्।

गत वर्ष मिस इको इन्टरनेसनलमा शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन्। प्रतियोगितामा टप २० मा पुग्न सफल उनि हालै अमेरिकामा आयोजित ‘मिस युनिभर्समा’ नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० भन्दा बढी देशका सुन्दरीहरुको सहभागिता रहने प्रतियोगिताकालागि उप्रेती नेपालको तर्फबाट एक्लो प्रतिनिधि हुन्। उप्रेतीले ‘मिस इको इन्टरनेसनल’ आफ्नालागि एउटा राम्रो अवसर भएको बताइन्।

SUBSCRIBE 👉