आठ वर्ष पछि ‘जेरी २’ मा फेरि अनमोल र आना


आठ वर्षअघि बनेको फिल्म जेरीको सिक्वेल ‘जेरी २’ निर्माण हुने भएको छ। जेरीलाई निरन्तरता दिँदै अनमोल केसी मुख्य भूमिकामा रहने छन्। जेरी बाटै अभिनय यात्रा थालनी गरेकी आना शर्मा उनको अनमोलको जोडी बन्ने भएकी छन्। जेरीकै निर्देशक हेमराज बिसीले निर्देशन गर्ने फिल्मका लागि अर्को अभिनेत्रीको रूपमा पूर्णिका सिंजापतिलाई अनुबन्धित गरिएको छ।

अनन्या फिल्म्सको ब्यानरमा सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्ने फिल्मका बाँकी कलाकारका लागि दार्जिलिङ, सिक्किम र गान्तोकमा कास्टिङ कल आह्वान गरिएको छ।

‘जेरी’ बक्स अफिसमा हिट सावित भएको थियो। फिल्ममा अनमोल र आनाको जोडीलाई रूचाइएको थियो।

SUBSCRIBE 👉