शाहरुख खानले नेपाली दर्शकहरुलाई ‘पठान’ हेर्न पठाए भिडियो सन्देश


शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर यसवर्षको प्रतीक्षित बलिउड फिल्म माघ ११ गते बुधबार भारतसहित विश्वभर रिलिज तयारीमा छ। विवाद र चर्चाले घेरिएको यो फिल्मलाई लिएर दर्शकमाझ ब्यापक पर्खाइ छ। स्पाइ-एक्सन-थ्रीलर फिल्ममा भरपूर एक्सन दृश्य समावेश गरिएको छ।

शाहरुखको कमब्याक फिल्म समेत हो ‘पठान’। यो फिल्ममा सलमान खानले टाइगर नामक केमियो चरित्रमा समेत अभिनय गरेका छन्। सिद्धार्थ आनन्दको निर्देशन र आदित्य चोपडाको निर्माण रहेको फिल्म भारतीय स्वतन्त्रता दिवसको छेकोमा फिल्म आउन लागेको हो।

नेपालमा समेत नकै चर्चामा रहेको यो फिल्मको शुक्रबार रातीदेखि मल्टिप्लेक्सले एड्भान्स टिकट विक्री खुला गरेका छन्। यसैबीच, अभिनेता खानले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै हलमा गएर ‘पठान’ हेरिदिन नेपाली दर्शकलाई आग्रह गरेका छन्। ‘पठान’को नेपाल वितरकले मिडियालाई उपलब्ध गराएको भिडियो सन्देशमा शाहरुखले यस्तो सन्देश व्यक्त गरेका हुन्।

SUBSCRIBE 👉