‘गुलावी’ पोस्टर : ट्रान्सवुमनको भुमिकामा नाजिर हुसेन


अभिनेता नाजिर हुसेनको मुख्य अभिनय रहेको फिल्म ‘गुलावी’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार फिल्ममा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भुमिकामा देखिएका छन।

सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भिर लुक्समा देख्न सकिन्छ। नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा निर्मित यस फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाएका छन।

फिल्ममा नाजिर गुलावी पात्रको मुख्य भूमिकामा देखिनेछन भने अभिनेत्री संचिता लुइँटेलका साथमा सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकारको पनि अभिनय छ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन। लेखु सहयात्री र सान भुषालले फिल्ममा संगीत भरेका छन।

SUBSCRIBE 👉