हिन्दी गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा


अभिनेत्री आँचल शर्मा र आरआर खड्काले हिन्दी गीतमा अभिनय गरेका छन्। ‘तेरी मेरी दास्तान’ बोलको गीतमा उनीहरूले अभिनय गरेका हुन्। सियोन श्रेष्ठले कोरियोग्राफी गरेको गीतमा आँचल र आरआरसँगै भारतीय कलाकार पारस शाह र सोनु मिश्राको पनि अभिनय छ। गीतलाई नितिन चन्दले निर्देशन गरेका हुन्।

सलमान खानको फिल्म ‘प्रेम रतन धन पायो’, अक्षय कुमारको फिल्म खिलाडी ७८६ को ‘हुक्का बार’ जस्ता धेरै सुपरहिट फिल्मको गीत गाएका गायक विनीत सिंहले स्वर दिएका छन्। उनलाई प्रतीक्षा श्रीवास्तवले साथ दिएकी छन्। पुनीत गुरूरानीको शब्द रहेको गीतमा अभिनव मेहरले संगीत भरेका छन्।

जोगेश गौरे, नवराज उप्रेती र चन्द्रबहादुर बरालले छायांकन गरेको म्युजिक भिडिओलाई सतिश शाह र आशुतोष उपाध्यायले निर्माण गरेका हुन्। गीतको अधिकांश छायांकन जयपुरको ऐतिहासिक दरबारमा भएको हो।

SUBSCRIBE 👉