एड्भेन्चर ‘क्यामिनो’ मा प्रदीप खड्का र वर्षा शिवाकोटीको जोडी


एड्भेन्चर फिल्म ‘क्यामिनो’ मा नायक प्रदीप खड्का र नायिका वर्षा शिवाकोटीको जोडी बाँधिने भएको छ। प्रदिप र वर्षाले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्। फिल्मका दुई शीर्ष नायिकामध्ये शिवाकोटीले एकको भूमिका निर्वाह गर्नेछिन्।

दक्षिण अमेरिकी मुलुक हुँदै जोखिम लिएर पैदल अमेरिका प्रवेश गर्ने आप्रवासीको जोखिमपूर्ण यात्राको कथामा फिल्म निर्माण हुन लागेको हो। स्पेनीस भाषामा ‘क्यामिनो’को अर्थ बाटो भन्ने बुझिन्छ।

प्रेम, रोमान्स र सस्पेन्स हुने फिल्म ब्राजिल र मेक्सिकोमा छायांकन गर्ने तयारी गरिएको छ। दीपक वलीको निर्देशनमा निर्माण हुन लागेको यो फिल्म नेपाली, हिन्दी, अंग्रेजी र स्पेनीस भाषामा रिलिज गर्ने बताईएको छ।

एक्सिस नेपाल फिल्म्सले निर्माण गर्ने यो फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। फिल्म मा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, एसडी योगी र एलिस कार्कीको संगीत रहने छ। फिल्मको छायांकन सौरभ लामाले गर्नेछन।

SUBSCRIBE 👉