आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ टिजर


बलिउड अभिनेता आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल’ को दोस्रो भाग बन्ने भएको छ। मंगलबार एक टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरिएको छ। फिल्ममा आयुष्मान पूजाकाे भूमिकामा देखिनेछन्। सार्वजनिक टिजरमा पूजाले ‘पठान’ सँग फोनमा कुरा गरिरहेको देखाइएको छ।

उक्त भिडिओमा शाहरूखले आफ्नो फिल्म ‘जवान’ छिट्टै आउने बताएका छन् भने आयुष्मानले आफ्नो फिल्म ‘ड्रिम गर्ल २’ जुलाई ७ मा रिलिज हुने बताएका छन्। फिल्मको टिजर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा छ। राज शान्दिल्या लिखित तथा निर्देशित फिल्म ‘ड्रिम गर्ल २’ मा एकता कपूर र शोभा कपूरको लगानी रहेको छ।

फिल्ममा आयुष्मानसँगै अनन्या पाण्डे, परेश रावल, अनु कपूर, विजय राज, राजपाल यादव, सीमा पहवा, गोवर्धन अस्रानी, अभिषेक बनेर्जी, मन्जोत सिंह, मनोज जोशी, अनुशा मिश्रालगायत कलाकारको अभिनय रहने छ।

SUBSCRIBE 👉