सौगात र बेनिशा अभिनित ‘सिटामोल’ नेपाल र जापानमा एकैदिन रिलिज

राज बहादुर साने निर्देशीत फिल्म ‘सिटामोल’ले माओवादी जनयुद्धको कथा उठान गरेको छ। फिल्ममा सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका छ। सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्।


राज बहादुर सानेको निर्देशनमा निर्माण भएको सिनेमा ‘सिटामोल’को जापान प्रदर्शन अधिकारीक बिक्रि भएको छ। सिनेमाको जापान प्रदर्शन अधिकार गरिमा फिल्मस्ले किनेको हो। निर्माण टिमले दिएको जानकारी अनुसार सिनेमाको नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतीसहित प्रदर्शन अधिकार बेचिएको हो।

निर्देशक सानेले नेपालमा सिनमाको प्रदर्शन मिति घोषणा नहुँदै सिनेमाको विदेश राइट्स बिक्रि भएसँगै ‘सिटामोल’लाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको बताए। सिनेमाको विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आएकाले चाँडै प्रदर्शन मिति घोषणा गरेर प्रचारमा जुट्ने जानकारी दिए।

हाल सिनेमाको पोष्ट प्रोडक्सनको काम भैरहेको छ। सिनेमाको काठमाडौंको केही प्रतिशत बाँकी छायांकन पनि पुरा गर्ने तयारीमा निर्देशक साने छन्। सिनेमामा अभिनेता सौगात मल्ल र बेनिशा हमालको मुख्य भुमिका छ। सिनेमामा उनीहरुले श्रीमान्-श्रीमतीको अभिनय गरेका छन्। माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको छ। यो सिनेमामा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्।

तुलसी देवी फिल्म प्रालीको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।

सिनेमाको कथा निर्देशक साने स्वंयमले लेखेका हुन्। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्। सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन्।

SUBSCRIBE 👉