हङकङमा मिलन चाम्सको फिल्म ‘गोर्खा वारियर’


बेलायतमा रेड कार्पेट प्रिमियर गरे संगै चर्चामा रहेको फिल्म ‘गोर्खा वारियर’ ले हलमा पनि दर्शकको माया पाउन सफल रह्यो। यही चर्चा र इतिहास रचेको फिल्म हङकङमा प्रदर्शन हुने भएको छ।

जुन दुइ तारिख वाम पो सिनिमा सिटी हल हङकङमा फिल्म ‘गोर्खा वारियर’ को शो हुने भएको हो। किरात राई यायोख्खा हङकङको आयोजनमा उक्त शोको आयोजना हुँदैछ। शोमा फिल्मका निर्देशक मिलन चाम्स लगायत फिल्मका अन्य टिमको पनि उपस्थिति रहने निर्देशक चाम्सले जानकारी दिए।

फिल्ममा क्याप्टेन रितेश चाम्स, क्याप्टेन विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रेअर राई, बिरूप घले, आरुष जंग सारु, सारा राई लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।

निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेश पायल राईको गायन रहेको छ।

फिल्मको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन्। यसको कार्यकारी निर्मातामा ज्योतिराज राई ,प्रशान्त थापा, राजेन्द्र घिमिरे एवम् सह–निर्मातामा सुरेश राई रहेका छन्। यो फिल्म लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो।

SUBSCRIBE 👉