सर्वोत्कृष्ट अवार्ड विनर फिल्म ‘सतीदेवी’ को पोस्टरमा नारी वेदना

`सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अविवाहित अभिनेत्री मलिकाले स्तनपान गराइएको दृश्य रहेको दोस्रो पोस्टरबाट फिल्ममा उनको भूमिकाबारे दर्शक माझ थप कौतुहलता ल्याएको छ।


‘सतीदेवी’ को दोश्रो पोस्टर

लेखक,निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ को दोश्रो पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा `सतीदेवी´को शीर्ष भुमिकामा रहेकी अभिनेत्री मलिका महतलाई अश्रुसहित नवजात शिशुलाई स्तनपान गराइरहेको देख्न सकिन्छ। पोस्टरमा मलिका सँगै दुई बालकलाकार हर्षिका वली र मन्जिला बाँनियालाई समेत फिचर गरिएको छ।

फर्स्टलुक पोस्टरमा मलिकालाई कालो मोसो र जुत्ताको माला लगाएर गाउँलेहरुले लखेटी रहेको अवस्थामा प्रस्तुत गरिएको थियो। सो पोस्टरले निकै चर्चा पाएको थियो। दोस्रो पोस्टरमा `छोरी बुझौँ, छोरी पूजौँ, यीनै संसार सारा..´ भन्ने नारा प्रस्तुत गरेबाट यो फिल्मले छोरी जातीको मर्म र महानतालाई प्रस्तुत गरेको बुझ्न सकिन्छ। रियल लाइफमा अविवाहित अभिनेत्री मलिकाले स्तनपान गराइएको दृश्य रहेको पोस्टरबाट फिल्ममा उनको भूमिकाबारे दर्शक माझ थप कौतुहलता ल्याएको छ।

‘सतीदेवी’ को पहिलो पोस्टर

गत माघमा सम्पन्न सौराह दक्षिण एशियाली फिल्म फेष्टिबलमा सर्वोत्कृष्ट फिल्म, शिव रेग्मी सर्वोत्कृष्ट निर्देशक तथा गत बैशाखमा रामेछापमा सम्पन्न तेश्रो नेपाल ग्रामिण फिल्म फेष्टिभलमा सर्वोत्कृष्ट फिल्म, सर्वोत्कृष्ट स्क्रीप्ट र सर्वोत्कृष्ट अभिनेत्री जुरी मेन्सन अवार्ड जितिसकेकाले फिल्मप्रति दर्शकको अपेक्षा अझ बढेर गएको छ।

फिल्मको कथा-पटकथा-सम्बाद अनि गीत पनि निर्देशक सुवेदीले नै रचेका हुन। दिलासा र साराको प्रस्तुतिमा तयार भएको ‘सतीदेवी’ मा अभिनेत्री मलिकासंगै हर्षिका वली, मञ्जिला बानियाँ, सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ।

बाबु श्रेष्ठले खिचेको फिल्मको निर्मातामा श्रीदेवी सुवेदी र बिशाल सुवेदी छन्। तारा थापाको सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र देव महर्जनको एक्सन रहेको फिल्मको पोस्टर राकेश दाहालले डिजाइन गरेका हुन भने फोटो श्रीधर पौडेलले कैद गरेका हुन्। `सतीदेवी´ को काठमाडौ उपत्यका वितरण रिच इन्टरटेन्टमेन्ट र काठमाडौँ बाहिर एफडि कम्पनीले गर्नेछ।

SUBSCRIBE 👉