सुशील श्रेष्ठको एक्सन अवतारमा फिल्म ‘परिवर्तन’को पहिलो पोस्टर रिलिज संगै प्रदर्शन मिति तय


दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टर रिलिज भएको छ। निर्माण टिमले फिल्मको पहिलो पोस्टर रिलिज गर्दै फिल्मको प्रदर्शन मिति समेत तय गरेको छ। यो फिल्म आगामी माघ ९, २०८२ (जनवरी २३, २०२६) देखि वर्ल्डवाईड रिलिज हुदैछ।

फिल्ममा मुख्य पात्र अभिनेता सुशील श्रेष्ठ पोस्टरमा एक्शन अवतारमा देखिएका छन्। सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत पोस्टरले बताउन खोजेको छ।

फिल्ममा सुशील श्रेष्ठका संगै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतका कलाकारहरूको अभिनय छ।

यो फिल्मको निर्देशन विजय केरुङले गरेका हुन्। एसोसिएट निर्देशकमा नवराज शर्मा रहेका छन्। शिवम् अधिकारीले लेखेको फिल्मको ब्याकग्राउण्ड म्युजिक बलिउडका कालाचरणको छ। फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ भने द्वन्द निर्देशन श्री श्रेष्ठले गरेका हुन्।

SUBSCRIBE 👉