अलविदा श्रीकृष्ण श्रेष्ठ


shree-krishna-shrestha

ग्ल्यामर नेपाल, काठमाडौं । चर्चित अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ । दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा गए राती उनले धर्ती छाडेको निर्देशक आकाश अधिकारीले पुष्टि गरेका छन्। उनी केही महिनायता डिप निमोनियाले ग्रसित थिए। परिवारका सदस्यसहित निर्देशक अधिकारी आइतबार विहान दिल्ली उड्दैछन्।

श्रीकृष्ण असार अन्तिम साता पत्नी स्वेता खड्काको साथमा हनिमुन मनाउन एक साताको लागि दिल्ली उडेका थिए तर रोगले च्याप्दै गएपछि उनी फर्कन पाएका थिए। उनको अभिनय तथा निर्माण रहेको फिल्म ‘कोहीनुर’ हाल प्रदर्शनरत छ। २०४७ सालमा फिल्म ‘भूमरी’मार्फत सिने क्षेत्रमा झुल्किएका श्रीकृष्णले दर्जनौ सुपरहिट फिल्म दिएका छन्। ग्ल्यामर नेपाल टिम उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ।

SUBSCRIBE 👉