
फिल्मको प्रदर्शन मिति नजिकिदै गर्दा विल्सन विक्रम राई (तक्मे बुढा) को फिल्म ‘मैझारो’को गीत ‘साकेला नाचौ’ रिलिज गरिएको छ। यो गीतमा राजेश पायल राई र मेलिना राईको स्वर सुन्न सकिन्छ। यो गीतको शब्द पदम साधना कुलुङ लेखेका हुन् भने संगीत तोरेम्पाहाङ राईले भरेका हुन्।
यो गीतको भिडियोमा दुई जोडी कलाकार दयाहाङ राई – दीया पुन र धिरज मगर – मिरुना मगरले नाचेका छन्। नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन्। किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नित्य गर्ने गरिन्छ।
लिम्बू र राई समुदायबीचको प्रेम सम्बन्धको कथामा आधारित यो फिल्ममा कथा अनुसार कै गीत मिलाइएको नि र्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्। नेपालको पुर्वमा यो गीत तिहारको समयमा दर्शकहरुले खुबै रुचाउने अनुमान गर्न सकिन्छ।
यस फिल्मको यसअघि रिलिज भएको पोस्टर, टिजर र गीतले दर्शकमाझ हाइप बढाई सकेको छ। यस रिलिज भएको गीत ‘तिमीलाई के थाहा सानु’ अहिले चर्चामा छ।
यो फिल्म हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को डेब्यु निर्देशकिय हो। नेपाली मौलिक प्रेम कथामा आधारित यो फिल्ममा धिरज, मिरुनाका साथमा दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय छ।
‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको यो फिल्म कार्तिक ७ गतेबाट अल नेपाल रिलिज हुदै छ।
भिडियो हेर्नुहोस: फिल्म ‘मैझारो’को गीत ‘साकेला नाचौ’
भिडियो हेर्नुहोस: तक्मेबुढाको त्रिकोणात्मक प्रेम कथामा धिरज, मिरुना र दिया
