दर्शकको प्रतिक्रियाले झरना खुशी


Safe-Landing
ग्ल्यामर नेपाल, काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित हर्सभिल सिभिक थिएटरमा फिल्म ‘सेफ ल्याण्डिङ’को प्रिमियर गरिएको छ । अभिनेत्री झरना बज्राचार्यसहित निर्देशक सन्दीप जोसेफ, निर्माताद्वय बसन्त भण्डारी र राहुल अग्रवाल प्रिमियरको विशेष आकर्षण थिए ।

अभिनेत्री झरना बज्राचार्यसहित टिमलाई आयोजकले निकै महंगो मानिने हमर लिमुजिन कारमा सिड्नी शहर परिक्रमा गराई प्रिमियरमा उपस्थित गराएको थियो । प्रिमियरलाई सांगीतिक बनाउन अष्ट्रेलियामा बस्दै आएको डिजे रेनसहितको ‘सिड.ब्लू.आई.’ नामक ¥यापर टिमले संगीतमा झुमाएको थियो । अधिकांश दर्शकले फिल्मको प्रस्तुती, कलाकारको अभिनयलाई रुचाएका थिए । अभिनेत्री झरना पनि दर्शकमाझ बसेर फिल्म हेर्न पाउँदा निकै खुशी देखिन्थिईन् । ‘दर्शकसँग बसेर फिल्म हेर्न पाउँदा जती खुसी थिएँ, त्योभन्दा बढी खुसी उहाँहरुले दिएको प्रतिक्रियाले भएँ । सबैले मेरो अभिनय मात्र हैन, फिल्मलाई नै मन पराईदिनु भयो ।’ उनले भनिन् । फिल्म अगस्ट १७ तारिखका दिन न्यूजिल्याण्डमा प्रिमियर हुनेछ भने मंसिर १९ बाट अल नेपाल रिलिज हुनेछ ।

SUBSCRIBE 👉