मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक

मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को सार्बजनिक ‘सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र सुनिल गुरुङ्गले निर्देशन गरेको सिरिज हिमालय टेलिभिजन प्रसारण पछि युट्युबमा हेर्न सकिने छ।


screen shot of Teen Spirit (Mini Series) youtube video

Teen Spirit (Mini Series)

नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त गीतमा अपुर्भ तामाङ्गको स्वर र मनिष गुरुङ्गको सङ्गीत सुन्न सकिन्छ। गीतको शब्द अपुर्भले कोरेका हुन्।

मिनी सिरिज ‘टिन स्पिरिट’लाई जीवन स्वार र सुनिल गुरुङ्गले निर्देशन गरेका हुन्। हाङ्पे, सुनिल शिवभक्ति र बिकेन कार्कीले सम्पादन गरेका हुन्। ‘जी.टु.वान डिजिटल’को प्रस्तुति र योङ्ग हार्ट्स फिल्म्सको सहकार्यमा निर्मित सिरिजमा मलिकाका अलावा लक्ष्य तामाङ्ग, अनुशा बायुङ्ग राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बा, रिनेक्स बस्नेत, मनिका लामा, गीता श्री, संगीता थापा, प्रकाश श्रेष्ठ लगायतको अभिनय छ।

‘टिन स्पिरिट’को निर्माता असीम शाह हुन्। सिरिजको कथा सुनिल गुरुङ्गले लेखेका हुन्। सिरिजका कार्यकारी निर्माता विशाल शर्मा हुन् भने आसिफ शाह क्रीयटिभ डाइरेक्टरको रूपमा छन्। सिरिजलाई नकुल सुनुवारले खिचेका हुन्। सिरिजमा समावेश अर्को गीतमा आशिरा शाह र सुनिल गुरुङ्गको आवाज, सुश्मा सिग्देलको शब्द र निरज तामाङ्ग, मोहक श्रेष्ठ र सन्देश के.सीको सङ्गीत छ।

‘टिन स्पिरिट’को टाइटल स्पोन्सरको रूपमा एम्बिसन गुरु रहेको छ साथै करेन्ट स्पाईसी नुडल्स सह प्रायोजक, भोक लाग्यो एप फुड पार्टनर र मोड २३ वार्डरोब पार्टनर रहेको छ। हिमालय टेलिभिजन मार्फत प्रशारण गरिने सिरिज ‘जी टु वान डिजिटल’को युट्युब च्यानलबाट पनि सार्वजनिक गरिने बताईएको छ।

SUBSCRIBE 👉