प्रदर्शन मिति तय गर्दै ‘किन लाग्छ माया’को फस्टलुक बाहिरियो

पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको फिल्म “किन लाग्छ माया” नेपाल सहित विदेशमा एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले फिल्मको फर्स्ट लुक सार्वजनिक गरेको छ।


First Look Poster of Nepali Movie 'Kina Lagchha Maya'

Nepali Movie ‘Kina Lagchha Maya’ Poster

एस एण्ड एस प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र “किन लाग्छ माया” नेपाल सहित विदेशमा एकैसाथ प्रदर्शन हुने भएको छ। प्रदर्शन मिति तय गर्दै निर्माण पक्षले फिल्मको फर्स्ट लुक सार्वजनिक गरेको छ। सार्वजनिक फस्टलुकमा फिल्मका मुख्य कलाकारहरु सन्जीत भण्डारी, जाहन्वी बस्नेत, सेडो रियल र ऋचा थापालाई देख्न सकिन्छ।

यो फिल्मले दाजुभाइबीचको मित्रता, एक–अर्काप्रतिको जिम्मेवारी, त्याग, र विवाहपछि श्रीमान–श्रीमतीबीच विकसित हुने प्रेमलाई बताउनेछ। पारिवारिक तथा सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मले दर्शकको मन जित्ने विश्वास गरिएको छ।

म्यूजिक भिडियोमा निरन्तर रुपमा काम गर्दै आएका कलाकार सेडो रियल यो फिल्मबाट डेब्यू गर्दैछन्। फिल्मको कथा सेडो रियलकै अवधारणामा आधारित छ भने फिल्मकोे पटकथा र संवाद रामकाजी घिमिरेले तयार पारेका हुन्।

फिल्ममा सन्जीत भण्डारी, जाहन्वी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, मिस पबीको नामबाट परिचित पवित्रा साकी, हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की , गीता अधिकारी,निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का, सुनील कटुवाल, नारायण प्रधान, सुभाष गजुरेल, रमेश घिमिरे, ईश्वर दाहल, रामचन्द्र श्रेष्ठ, रूपा थापा, नेहा देव, श्री स्वस्थानी तामाङ, अनुजा भट्टराई घिमिरे, आरती बुढ़ा,रामजी लमसॉल र प्रज्ञान खड्का लगायत कलाकारहरूको अभिनय छ।

बाल कलाकारमा आराध्या राज्यलक्ष्मी बी.सी., विनायक सुनुवार र सुरित पूढासैनीको फिल्ममा अभिनय छ।

यो फिल्ममा एक्शन राजेन्द्र खड्गी, छायांकन रामशरण उप्रेती, संगीत पुस्कर सुनुवार र राजेन्द्र बजगाँई, कोरियोग्राफी रामजी लामिछाने, नितिन वाइबा, अभि वाग्लेको छ भने फिल्मका सम्पादक टेकेन्द्र शाह हुन्। फिल्मको पोस्टर राकेश दाहालले तयार पारेका हुन्।

फिल्मका निर्माण नियन्त्रक अर्जुन प्रसाद पोखरेल हुन् भने फिल्ममा रामशरण कोइरालाको मुख्य सहायक निर्देशन छ।

कुवेर तामाङको निर्देशन तथा सन्जीत भण्डारी र मोनु खड्काको निर्माणमा तयार भएको फिल्म “किन लाग्छ माया” २०८२ चैत्र ६ गते रिलिज हुनेछ।

SUBSCRIBE 👉