अर्चनाको आइटमबाट शुरु भयो आवेग(फोटो फिचर)


Aabeg-Archana
ग्ल्यामर नेपाल, काठमाडौं । नायिका अर्चना डेलालाको आइटम डान्ससँगै फिल्म ‘आवेग’को सुटिङ शुरु भएको छ । राजधानीको वनस्थलीस्थित बालाजु ल्याबबाट बिहीबारदेखि फिल्मको सुटिङ शुरु गरिएको हो । निकै महंगो रुपमा डिजाइन गरिएको सेटमा अर्चनालाई कोरियोग्राफर कविराज गहतराजले डान्सिङ स्टेप सिकाएका छन् । निर्माण पक्षले उक्त सेट बनाउन १० लाख रुपैंयाँ खर्च भएको दाबी गरेको छ ।

Archana-Dhrubaगीतकार सूर्य कार्कीले निर्माण गरेको फिल्ममा अर्चनाले ‘बिक्रीमा छ योवन मेरो, किन्ने कोही छ कि’ बोलको गीतमा आइटम नृत्य गरेकी हुन् । गीतमा ‘मुन्नी बदनाम हुई’ गायिका ममता शर्माको स्वर रहेको छ भने संगीत अर्जुन पोखरेलको छ ।

Archana-Singleयमन म्युजिक र बीएन फिल्मस्को व्यानरमा बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल, ध्रुव दत्त, पवित्रा आचार्य, रमेश वुढाथोकीलगायतको अभिनय रहेको छ । निर्देशक निरौलाका अनुसार फिल्म एक्सन फ्लेबरको छ । धन सिंह केसी र राजेन्द्र घिमिरेसमेत निर्माता रहेको फिल्ममा अष्ट महर्जनको एक्सन र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

Aabeg-Dhurba

SUBSCRIBE 👉