मीना कुमारी बन्दै मनिषा


Manisha-Koiralaपुरानो समयकी लोकप्रिय अभिनेत्री मीना कुमारीको जीवनीमा आधारित रहेर बनाइन लागिएको एक फिल्ममा बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइरालाले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । मीनाकी सौतेला छोरा ताजदार अमरोहीले बनाउन लागेको फिल्ममा मनिषाले प्रमुख भूमिका निभाउन सक्ने सम्भावना रहेको जनाइएको छ ।

समाचार अनुसार निर्देशक शशिलाल नायरका कारण भने मनिषा फिल्ममा आउन नसक्ने पनि शंका गरिएको छ । नायरको निर्देशनमा बनेको फिल्म ‘ग्रहण’मा अभिनय गरेकी मनिषा र निर्देशक नायरको सम्बन्ध फिल्म ‘एक छोटी सी लभ स्टोरी’देखि बिग्रिएको थियो ।

रमाइलो कुरा के छ भने नायरले नै मीना कुमारीको कथालाई निर्देशन गर्नेछन् । ‘यो फिल्मका लागि जेपी दत्ता र शशिलाल नायर नै निर्देशकका लागि उपर्युक्त छन् ।’ ताजदारले भनेका छन् ।

SUBSCRIBE 👉