तिजलाई सपनाको झकास


Jhakas-Album
ग्ल्यामर नेपाल, काठमाडौं । गायिका सपना शाहीले ‘झकास’ नामक तेस्रो एल्बम श्रोतामाझ ल्याएकी छन् । दाङका गायक प्रेम बिवस  घर्ति र दैलेखकी शाहीको संयुक्त लगानी तथा स्वर रहेको ‘झकास’मा धिरेन्द्र शाहीको शब्द रहेको छ ।

तीजको गीत रहेको एल्बममा प्रेमकै संगीत छ । ‘तिजको माहोल भएकाले निकै राम्रो रेसपोन्स आएको छ,’ लोकदोहोरी सुन्न र गाउन मनपराउने गायिकाले भनिन्,‘ यो गितको रेसपोन्स आएकाले अझै गायन क्षेत्रमा केही गर्ने आट आएको छ ।’ उनले एक वर्ष अघि ‘रुन परेपछी’ र ‘तीन चुलीका अग्ला शीर’ नामक देउडा गीत संग्रहित दोस्रो एल्बम बजारमा ल्याइसकेकी छन् ।

SUBSCRIBE 👉