सुभद्राको जीवनगाथा सार्वजनिक, निर्देशक शर्मालाई सम्मान


IMG_0139
ग्ल्यामर नेपाल, काठमाडौं । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको आत्मसंस्मरण ‘कलाकार सुभद्रा अधिकारी जीवनगाथा’ सार्वजनिक भएको छ । सुभद्रा अधिकारी प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर शनिवार राजधानीमा आयोजित कार्यक्रममा अभिनेत्रीद्वय करिश्मा मानन्धर, रेखा थापा र सभासद नविन्द्रराज जोशीले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरे ।

IMG_0117
कार्यक्रममा प्रतिष्ठानले वरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्मालाई २५ हजार ५ रुपैंयाँ र ताम्रपत्रसहित सम्मान गरेको छ । उनलाई सभासद नविन्द्रराज जोशीले सम्मान गरेका थिए । सम्मानित शर्माले आफुले अभिनेत्री सुभद्रालाई २०२९ सालमा फिल्म ‘मनको बाँध’काम गर्दा भेटेको स्मरण गरेका थिए । उनले सुभद्राको अभिनयको तारिफ गर्दै सुभद्राको सरल जीवनशैलीबाट आफु प्रभावित भएको खुलाए ।
अभिनेत्री रेखाले पत्रिकामा अन्तवार्ता दिनु, अभिनय गर्नु भन्दा आफ्नो जीवनलाई सिंगो पुस्तकमा उतार्नु निकै कठिन काम भएको जनाउँदै वृद्ध उमेरमा आएर पनि उक्त काम गर्नु सराहनीय काम भएको बताईन् । त्यस्तै अभिनेत्री करिश्माले पनि सुभद्रासँग काम गर्दाको आफ्नो अनुभव सुनाएकी थिईन् । उनको पुस्तकलाई डिकुरा पब्लिकेशनले बजारमा ल्याएको हो ।

SUBSCRIBE 👉