विवादमा ‘लालीबजार’: प्रदर्शन रोक्न माग गर्दै मुद्दा दायर

फिल्म ‘लालीबजार’को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ। यसैबीच फिल्मले ‘युनिभर्सल’ प्रमाणपत्र पनि पाएको छ।


Swastima Khadka | Nepali Movie Lalibazar

रिलिजको तयारीमा रहेको फिल्म ‘लालीबजार’ प्रदर्शनअघि नै कानुनी विवादमा तानिएको छ। फिल्मको प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा सोमबार रिट दायर गरिएको हो।

वादी समुदायको तर्फबाट Roshani Nepali ले निवेदन दर्ता गराएकी हुन्। अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार रिट दर्ता भइसकेको छ र यसमाथि सुनुवाइका लागि मंगलबारको मिति तोकिएको छ।


WATCH HERE Lalibazar Trailer:
‘Lalibazar’ Trailer Reveals Shocking Reality of Marginalized Community


Yam Thapa को निर्देशनमा तयार भएको ‘लालीबजार’ आगामी वैशाख १८ गतेदेखि प्रदर्शन गर्ने तयारीमा थियो। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्म वादी समुदायका महिलाहरूको संघर्ष, पीडा र सामाजिक यथार्थमा आधारित छ।

तर, फिल्मको विषयवस्तु र प्रस्तुतीकरणलाई लिएर समुदायभित्रैबाट आपत्ति जनाउँदै अदालतको ढोका ढकढक्याइएको हो। यसले फिल्मको रिलिजमाथि अनिश्चितता थपेको छ।


WATCH HERE Lalibazar Song:
Lalibazar’s New Song ‘Mitho Sansar’ Brings a Touching Mother-Daughter Story


यसैबीच, सोमबार नै केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई ‘युनिभर्सल’ प्रमाणपत्र दिएको छ, जसले सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने संकेत गर्छ। प्रमाणपत्र पाएलगत्तै निर्माण पक्षले आकस्मिक पत्रकार सम्मेलन आयोजना गर्दै फिल्मप्रति आफ्नो धारणा सार्वजनिक गरेको थियो।

अब सबैको ध्यान अदालतको निर्णयतर्फ केन्द्रित छ! के ‘लालीबजार’ तोकिएको मितिमै रिलिज हुन्छ वा कानुनी प्रक्रियाले प्रदर्शन रोकिनेछ भन्ने केही दिनमै स्पष्ट हुनेछ।


यो पनि पढ्नुहोस् :
मुम्बईमा ‘मास्टर्नी’को पोस्ट–प्रोडक्सन, ८ भाषामा प्रियंकाको फिल्म रिलिजको तयारी


SUBSCRIBE 👉