श्रीकृष्णको १३ औं पुण्यतिथि, प्रतिमा बनाउन सरकारसँग जग्गा माग


Sweta-Khadka-crying (9)
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्मका सदाबहार अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठका परिवारले उनको सम्झनामा प्रतिमा स्थापना गर्न आफुहरुलाई सरकारले सहयोग गर्न माग गरेका छन् । अभिनेता श्रेष्ठको १३ औं पुण्य तिथिको अवसर पारेर परिवारले राजधानीमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा श्रीका दाई मीनकृष्णले सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको प्रांगणमा जग्गा उपलब्ध गराईदिएमा आफुहरुले पूर्णकदको प्रतिमा बनाउने घोषणा गरे ।

श्रीकृष्ण श्रेष्ठको १३ औ पुण्यतिथि कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस 

‘लण्डनमा बलिउडका चर्चित कलाकारहरुको प्रतिमा बनाएको देखेका छौं, त्यस्तै किसिमको प्रतिमा पनि हामी भाईको सम्झनामा बनाउन चाहन्छौं,’भक्कानिँदै मिनले भने,‘हाम्रो भाई सिंगो नेपालीको कलाकार हो, ऊ प्रति करिब तीन करोड नेपालीको माया रहेको छ, त्यसकारण पनि उसको प्रतिमा हामी स्थापना गर्न चाहन्छौं । जसका लागि सरकारले हामीलाई प्रतिष्ठानमा खाली ठाउँ उपलब्ध गराईदियोस् ।’ श्रीकृष्णले आफ्नो जागिरको सुरुवात प्रतिष्ठानबाटै गरेका थिए । मिनले सरकारले जग्गा उपलब्ध गराइदिएमा आफ्नै लगानीमा प्रतिमा स्थापना गरिदिने बताए ।

नेपाल सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालसमेत उपस्थित भएको कार्यक्रममा मीनको मागप्रति उनले मौन समर्थन गरेका थिए । मन्त्री रिजालले श्रीकृष्णको योगदानको कदर गर्दै सरकारको तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकारलगायतले श्रीकृष्णप्रति समवेदना प्रकट गरेका थिए । उनीहरुले श्रीकृष्णको अभाव नेपाली फिल्म क्षेत्रमा सधैंभरी खड्किइरहने बताए । उक्त कार्यक्रममा श्रीकृष्ण पत्नी अभिनेत्री स्वेता खड्का, श्रीकृष्णका आमा तथा परिवारजनको उपस्थिति रहेको थियो ।

यसैबीच नेपाल चलचित्र कलाकार संघले पनि आफ्ना सदस्यको सम्झनामा कार्यक्रम गरेको छ । कार्यक्रममा संघसंस्थाका प्रतिनिधि तथा कलाकारहरुले श्रीकृष्णले नेपाली फिल्म क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए ।

श्रीकृष्ण श्रेष्ठको १३ औ पुण्यतिथि कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस 

SUBSCRIBE 👉