निर्देशक विदेशमा, निर्माता तनाबमा


producer  ग्ल्यामर नेपाल, काठमाडौं । प्रमोशनमा कलाकारले साथ नदिने कुरा नेपाली फिल्मको लागि सामान्य भइसक्यो। अब हुँदाहुँदा निर्देशकले पनि प्रमोशनमा धोका दिन थालेका छन्। माघ १७ गते रिलिज हुन लागेको चलचित्र ‘प्रोड्युसर’ले पनि प्रमोशनमा निर्देशकको साथ नपाउने भएको छ। फिल्म रिलिज हुन दुई हप्तामात्र पनि बाँकी नहुँदा निर्देशक जनकदीप पराजुली दुबई गएपछि निर्माता ज्योतीराज राईलाई तनाव थपिएको छ। जबकी निर्देशक पराजुलीले प्रमोशनमा निकै खट्ने वचन दिएको राईको भनाई छ।producer-1 ‘प्रमोशनको लागि कलाकारलाई परिचालन गर्नु निर्देशकको दायित्व हो तर आफ्नो त निर्देशक नै गायब भएका छन्,’ राईले गुनासो पोखे, ‘जसले गर्दा रिलिजको मिति आइसक्दा पनि भनेजस्तो प्रमोशन गर्न सकिएको छैन्।’ निर्देशक पराजुली व्यक्तिगत कामले दुबई गएको बताइएको छ। उनी कहिले आउने पत्तो छैन्। राईले निर्देशकमात्र नभई कलाकारले पनि प्रमोशनमा सक्रियता नदिएको बताए। फिल्मकी हिरोइन श्वेता भट्टराई पनि पोखरातिरै हराएपछि राईलाई तनाव थपिएको हो। सुटिङ सकेर पोखरा गएकी श्वेता अझ पनि फिल्म युनिटको सम्पर्कमा आएकी छैनन्।

प्रमोशन भनेजस्तो नभएपनि फिल्म राम्रो बनेकोले व्यापार गर्ने राईको दाबी छ। त्यसमाथि कमेडी फिल्म ‘छ एकान छ’ले निकै उत्कृष्ट व्यापार गरेपछि ‘प्रोड्युसर’को निर्माण पक्ष थप उत्साही बनेको छ। यो फिल्मले सिनेमामा भविष्य बनाउन संघर्षरत चार युवाको कथालाई कमेडी शैलीमा भनेको छ। फिल्ममा बाबु बोगटी, विल्सनविक्रम राई, श्याम भट्टराई, श्वेता भट्टराईलगाएतका कलाकारको अभिनय रहेको छ।

SUBSCRIBE 👉