मंसीर ५ मा हल–हलमा आउँदै श्री ५ अम्बरे


Saugat-Mallaग्ल्यामर नेपाल, काठमाडौं । समाजमा राजा बन्न चाहने एक पात्रलाई प्रमुख कथा बनाएर निर्माण गरिएको फिल्म ‘श्री ५ अम्बरे’को फष्टलुक सार्वजनिक भएको छ । आगामी मंसीर ५ गतेबाट देशव्यापी रिलिज हुने तयारीमा रहेको फिल्मको पोष्टरमा अभिनेता सौगात मल्ललाई राजाको रुपमा प्रस्तुत गरिएको छ ।

जीवनसाथी फिल्मस्को व्यानरमा निर्माण गरिएको फिल्मका निर्माता जीवनसाथी बस्नेत हुन् भने निर्देशक दीपा बस्नेत छिन् । दीपाले यसअघि ‘अन्तराल’ को निर्देशन गरेकी थिईन्। फिल्ममा सौगातसहित केकी अधिकारी, प्रियंका कार्की, विक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गोदाइली आदिको अभिनय रहेको छ।

अभिमन्यु निरवीको कथा रहेको फिल्ममा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्धको गीत, बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी तथा यम बुद्धको संगीत, चन्दन दत्तको सम्पादन र गणेश श्रेष्ठको छायांकन रहेको छ । फिल्मका निर्माता टि. एन. आचार्य र दिपक आचार्य समेत रहेका छन् ।

SUBSCRIBE 👉