‘उत्सव’ शीर्ष गीत सार्वजनिक (भिडियो)


Utsav-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । आगामी भदौ १३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘उत्सव’को शीर्ष गीत सार्वजनिक भएको छ । मित्रता र प्रेमसँगै युवापुस्तालाई प्रस्तुत गरिएको फिल्मका निर्देशक कुमार भट्टराई हुन् ।

‘हाम्रो जीवनको उत्सव हो यो’ बोलको गीतमा धर्मेन्द्र सेवान, सन्तोष लामा, शशी रावल र गिरिश खतिवडाको स्वर रहेको छ । कविराज गहतराजको नृत्य र सुरेश राईको संगीत रहेको गीतमा सौगात मल्ल, गौरव पहारी, संजोग कोइराला, मेनुका प्रधान र प्रकृती श्रेष्ठले नाँचेका छन् । शेखर कोइरालाले निर्माण गरेको फिल्मका छाँयाकार पुरुषोत्तम प्रधान हुन् ।

SUBSCRIBE 👉