निर्मल बने ‘चकलेट’ निर्देशक


Chocolate
ग्ल्यामर नेपाल, काठमाडौं । आफुले निर्माण गरेका अधिकांश फिल्म फ्लप भए पनि निर्माता तथा कलाकार निर्मल शर्माले कहिल्यै पनि हरेश खाएनन् । ‘असफलता नै सफलताको जननी हो’ भन्ने मान्यतालाई आत्मसात गर्ने शर्माले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर अघिल्लो वर्ष बनाएको फिल्म ‘छ एकान छ’ सुपरहिट बनेपछि शर्माको अनुहारमा खुशी पोखिएको थियो ।

कलाकारितासँगै फिल्म निर्माणमा पनि हात हालेका निर्मल अब दर्शकमाझ निर्देशकको रुपमा आउँदैछन् । नायिका तथा निर्मात्री पुजना स्त्रीले निर्माण गर्न लागेको फिल्म ‘चकलेट’मार्फत निर्मल निर्देशकको रुपमा डेब्यु गर्न लागेका हुन् । फिल्मबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित कार्यक्रममा निर्देशक निर्मलले फिल्मले सडक बालबालिकाको कथालाई प्रस्तुत गर्ने बताए । निर्मात्री तथा नायिका पुजनाले आफु समाजसेवामा लागेकाले गर्दा फिल्मको विषय सडक बालबालिकामा आधारित रहेको बताईन् ।

Kamal-Mainali

खुश्बु गुरुङ, प्रितिमाया गुरुङ र केशव तामाङ निर्माता रहेको फिल्ममा डा. आयुष्मान घिमिरे, अनुज शाक्य, पुजना स्त्री, नम्रता झा, सुनिता ठाकुर, कमल मैनाली, केशव भट्टराई र सुमन गैरेको अभिनय रहनेछ । सात जना बालबालिकाको समेत अभिनय रहने फिल्म भदौ १३ गतेबाट सुटिङमा जानेछ । कार्यक्रममा कलाकार मैनालीलाई सम्मान गरिएको थियो ।

SUBSCRIBE 👉