मनिषा भन्छिन्,‘दोस्रो विवाहको पक्षमा छैन्’


Manisha-Koiralaबलिउड नायिका तथा नेपाली चेली मनिषा कोइरालाले आफु दोस्रो विवाहको पक्षमा नरहेको बताएकी छन् । उनले भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफुमा विवाहको विकल्पमा कसैको बच्चालाई स्वीकार्न तयार रहेको जनाएकी हुन् ।

‘कसैको बच्चालाई धर्मपुत्र वा पुत्रीको रुपमा स्वीकार्नु मेरो पहिल्यैदेखिको इच्छा थियो, यहाँ धेरै एक्ला अभिभावक छन् जसले यति पुण्य काम गरेका छन्, त्यस्तो काम म किन गर्न सक्दिन र ? मेरो त्यो बच्चा र मैले आफ्नो सम्बन्धलाई थप मजबुत बनाउनेछौं ।’ मनिषाले भनेकी छन् ।

उनले आफ्नो अर्को विवाहको विषयमा पनि मुख खोलेकी छन् । ‘विवाह र मेरो जीवनको बारेमा केही संकुचित छु, मेरो लाइफ पार्टनर कि म जस्तै हुनुपर्छ कि मेरो भावना बुझ्न सक्ने हुनुपर्छ । यदि यी गुणले सम्पन्न व्यक्ति भेटिए एकपटक अवश्य सोच्नेछु तर अहिले भने म सिंगल नै रहन चाहन्छु ।’ उनले भनेकी छन् ।

सन् २०१२ को नोभेम्बरमा ओभरेन क्यान्सरको डाइग्नोसिस गरेर न्यूर्योकको एक अस्पतालमा ६ महिनासम्म किमोथेरापी र विभिन्न सर्जरी गरेपछि उनी क्यान्सरबाट मुक्त भएकी थिईन् । जुन कुराको उनले आफै स्वीकारेकी थिईन् । नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरेकी मनिषाको वैवाहिक जीवन अहिले असफल बनिसकेको छ ।

SUBSCRIBE 👉