क्षितिजाले खोलिन फेसन हाउस


Shiva-Shrestha-Kshitiza-shakya (3)
ग्ल्यामर नेपाल, काठमाडौं । एकताका नेपाली फिल्ममा सक्रिय रहेका कलाकारहरु पछिल्लो समयमा बैकल्पिक पेशातर्फ उन्मुख हुन थालेका छन् । फिल्म ‘घामछाँया’बाट अभिनय शुरु गर्दै पछिल्लो फिल्म ‘मिस नेपाल’मा समेत प्रस्तुत भएकी नायिका क्षितिजा शाक्यले राजधानीको मुटु न्यूरोडबाट ‘क्षितिजा फेसन हाउस’ सञ्चालनमा ल्याएकी छन् ।

 Shiva-Shrestha-Kshitiza-shakya (6)

विगत १० वर्षदेखि आफ्नै घरमा बुटिक सञ्चालन गर्दै आएकी क्षितिजाले न्यूरोडमा भने महिला र पुरुषको पहिरनसँगै विभिन्न गरगहना पनि विक्रीमा राखेकी छन् । उनको फेसन हाउसको चर्चित अभिनेता शिव श्रेष्ठले रिवन काटेर शुभारम्भ गरे ।

Kshitiza Shakya (6)

‘यहाँ मेलको सर्टिङ र सुटिङसँगै फिमेलका लागि एथिनिकसहित विभिन्न प्रकारका पहिरन राखिएका छन्,’उनले भनिन्,‘यसबाहेक विभिन्न किसिमका गरगहना पनि बिक्रीमा राखिएको छ ।’ उनी अभिनित फिल्म ‘सन्त्रास’ प्रदर्शनको तयारीमा रहेको छ ।

SUBSCRIBE 👉