बबण्डर मच्चाउँदै जस्टिन


Justin-Bieberक्यानेडियन बालगायक जस्टिन बाइबरले अनियन्त्रित रुपमा बाइक कुदाएर एक मिनीभ्यानलाई ठक्कर दिए पछि कारवाहीमा परेका छन् । उनले आफ्नो गृहनगर ओन्टारियोको स्टार्टफोडमा असभ्य तरिकाले बाइक कुदाएर दुर्घटना गराए गाडीमा ठक्काएपछि त्यही गाडीका चालकसँग झगडा पनि गरेका थिए । स्थानीय प्रशासनले घटनाको अनुसन्धान गरी गायकलाई पक्रेको जनाएको छ ।

प्रहरीले बाइबरलाई पक्रिए पनि सेप्टेम्बर २९ मा अदालतमा उपस्थित हुने शर्तमा रिहा गरेको छ । दुर्घटनामा कोही घाइते नभएको प्रहरीले बताए पनि झगडामा चाहिँ घाइते भएको हुनसक्ने अनुमान गरेको छ । जस्टिनका वकिल ब्राइन ग्रिनस्पानले जस्टिन र उनकी प्रेमिका सेलेना गोमेज शान्त रुपमा घुमिरहेका बेला केही व्यक्ति र पापराजीले दुःख दिएपछि त्यस्तो घटना भएको जनाएका छन् ।

सार्वजनिक रुपमा बाइबरले गरेको यस्तो हर्कत भने नयाँ होईन् । लसएञ्जल्सस्थित एक छिमेकीको घरमा अण्डा फ्यालेको आरोपमा बाइबर दुई वर्षका लागि प्रहरी निगरानीमा रहेका छन् । यसबाहेक २० वर्षे स्टार टोरन्टोमा गाडी चालक र यात्रुसँग झगडा गरेको आरोपमा कारवाहीमा परिसकेका छन् । उनले के कति कारवाही भोग्नुपर्ने हो त्यसको सुनुवाई आगामी सोमबार हुँदैछ ।

SUBSCRIBE 👉