आपत्तिजनक अवस्थामा अभिनेत्री पक्राउ


Swea
तेलुगु फिल्मकी चर्चित अभिनेत्री श्वेता बसु वेश्यावृत्तिको आरोपमा पक्राउ परेकी छन् । उनीसँगै धेरै व्यापारी पनि पक्राउ परेको भारती सञ्चारमाध्यमले जनाएका छन् । हैदरावादव पुलिसले श्वेतालाई सेक्स रैकेटको आरोप लगाएको छ । प्रहरीका अनुसार स्वेताले आफ्नो गल्ती स्वीकार गरिसकेकी छन् ।

प्रहरीले गत आइतबार छापा मार्दा बञ्जारा हिल्सस्थित एक होटलमा आपत्तिजनक अवस्थामा नायिकालाई भेटेको थियो । २३ वर्षीया श्वेताले विशाल भारद्वाजको चर्चित फिल्म ‘मकडी’मा बाल कलाकारका रुपमा अभिनय गरेकी थिईन् । यही फिल्ममार्फत उनले सन् २००२ को सर्वश्रेष्ठ बाल कलाकारको पुरस्कार जितेकी थिईन् । पुरस्कार पाएपछि उनले चर्चित हिन्दी फिल्म इकबालमा पनि अभिनय गरेकी थिईन् । यसबाहेक उनले टेलिभिजन धाराबाहिक ‘कहानी घर–घरकी’ र ‘करिश्माका करिश्मा’व जस्ता चर्चित फिल्ममा अभिनय गरेकी थिईन् ।

SUBSCRIBE 👉