सौगातको मनमा प्रियंका छाएपछि


Shree-5-Ambareग्ल्यामर नेपाल, काठमाडौं । आगामी मंसीर ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘श्री ५ अम्बरे’को पहिलो गीत ‘यो मनमा हमेशा’ सार्वजनिक भएको छ । प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको स्वर रहेको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीले फिचरिङ गरेका छन् ।

आफ्नो क्षेत्रमा राजा बन्न चाहने एक युवाको कथालाई प्रस्तुत गरिएको फिल्मका निर्देशक दीपा बस्नेत हुन् । जीवनसाथी फिल्मस्को व्यानरमा निर्मित फिल्ममा टीएन आचार्य र दीपक आचार्यको लगानी रहेको छ । यो गीतमा बसन्त सापकोटाको संगीत र डा. कृष्णहरि बरालको शब्द रहेको छ भने नरेशवीर सिंहको कोरियोग्राफी रहेको छ ।

अभिमन्यु निरवीको कथा र पटकथा रहेको फिल्ममा सौगात र प्रियंकाबाहेक केकी अधिकारी, विक्रम सिंह, यम बुद्ध, मार्टिन खान, राज गद्धाली, लोकमणि सापकोटा, निरु खड्कालगायतका कलाकारले अभिनय गरेका छन् । फिल्ममा बसन्तसँगै कालीप्रसाद बास्कोटा, यमबुद्ध र बाबु बोगटीको संगीत, योगेन्द्र श्रेष्ठको द्वन्द्व, शिव विक, नरेश वीर सिंह र निर्मल लामाको कोरियोग्राफी र गणेशकुमार श्रेष्ठको छायांकन रहेको छ ।

SUBSCRIBE 👉