डाइङ क्यान्डल ट्रेलर | Saugat Malla, Arpan Thapa, Srijana Subba


Srijana Subba and Lakpa Tamang | Dying Candle | A Film By Naresh Kumar KC

Srijana Subba and Lakpa Tamang | Dying Candle

ग्ल्यामर नेपाल, काठमाडौं । नयाँ पुस्ताको प्रवेशसँगै नेपाली फिल्म मेकिङमा निकै परिवर्तन भइरहेको छ। कलाकर्मीहरु भाषामा मात्र होइन्, कथा र प्रस्तुतीमा नेपालीपन खोजिरहेका छन्। विदेशी फिल्मको सिडी किनेर मात्र नेपाली फिल्मको कथा लेख्ने प्रवृत्तिको अन्त्य भएको छ। फिल्मकर्मी कथा र पात्र खोज्न गाउँघर छिर्न थालेका छन्। अर्थात सिनेमामा समाजलाई प्रतिबिम्बित गराउन नयाँ फिल्मकर्मी अग्रसर देखिएका छन्। यही प्रयासको पछिल्लो उदाहरण हो, डाइङ क्यान्डिल। विना तामझाम सुटिङ सकिएको यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि चर्चा चुलिएको छ। रमाइलो कुरा त के हो भने रिलिजभन्दा भण्डै डेढ वर्ष अघि ट्रेलर सार्वजनिक गरिएको छ। नरेश कुमार केसी निर्देशित यो फिल्म १५ डिसेम्बर २०१५ मा रिलिज हुने बताइएको छ।

डाइङ क्यान्डिलमा नयाँ पुस्ताले रुचाएका सौगात मल्ल, अर्पण थापा र सिर्जना सुब्बालगाएतका कलाकारको अभिनय रहेको छ। बालकलाकार लाक्पा तामाङको पनि महत्वपूर्ण भूमिका रहेको छ। फिल्मले एउटी दिदीको आफ्नो भाई प्रतिको जिम्मेवारी तथा प्रेमको कथा पेश गर्ने फिल्मको आधिकारिक वेवसाइटमा जनाएको छ। ट्रेलरमा सिर्जना र लाक्पालाई बढि फोकस गरिएको छ। कथावस्तुसँगै लोकसेन र सिनेमाटोग्राफीका हिसाबले पनि फिल्म अब्बल रहेको अनुमान लगाउन सकिन्छ।

SUBSCRIBE 👉