जीवनलाई यो वर्षको सुरुवाती असफलता


jiwan-luitelग्ल्यामर नेपाल, काठमाडौं । यस वर्षको आफ्नो पहिलो फिल्म ‘शीशा’ रिलिज हुनु केही दिन अगाडी अभिनेता जीवन लुईंटेलले भनेका थिए, “यो वर्ष मेरो कम्तीमा चार फिल्म रिलिज हुँदैछन्। शीशाले सफलताको पहिलो ढोका खोल्नेछ।” निकै आत्मविश्वासी भएर जीवनले यस्तो भने पनि यथार्थ त्यस्तो रहेन। किनभने ३२ साउनमा रिलिज भएको ‘शीशा’ न निर्माताको लगानी जोगायो, न उनको अभिनयले प्रसंशा नै कमायो। ‘कोहीनुर’को क्रेजका सामू यो फिल्म ‘हात्तिको मुखमा जीरा’ जस्तै भयो। त्यसलगत्तै ६ भदौमा रिलिज भएको फिल्म ‘ठूली’ले पनि जीवनको नाक जोगाएन। यो फिल्मको हालत पनि करिब-करिब ‘शीशा’कै जस्तो भयो।

एकातिर प्रचारप्रसार कमी, अर्कोतिर ‘कोहीनुर’प्रतिको दर्शकको माया, जीवनका दुवै फिल्मको बक्सअफिसका लागि घातक बन्यो। सायद जीवनको फिल्मको यही लगातारको असफलताको कारण हुनुपर्छ, २० भदौमा रिलिज हुने भनिएको उनको अर्को फिल्म ‘स्टुपिड मन’ ७ कार्तिकमा पुग्यो। उक्त दिन शाहरुख खानको ‘ह्याप्पी न्यु इयर’ र आर्यन सिग्देलको ‘लज्जा’ पनि रिलिज हुँदैछ। त्यसैले जीवनको लागि ‘स्टुपिड मन’ पनि फलामकै चिउरा हुने संकेत मिलेको छ। त्यसैले धेरैभन्दा स्तरिय फिल्म खेलेर आफ्नो स्टारडम बचाउने ज्ञान जीवनलाई कहिले आउला ?

SUBSCRIBE 👉