जन्मदिनमा फिल्म निर्देशनको अफर


Sudarshan-Thapaग्ल्यामर नेपाल, काठमाडौं । वर्षमा एकपटक आउने जन्मदिन जोकोहीका लागि पनि फलदायक नै हुन्छ । यो शुभदिनमा परिवार, आफन्त, साथीभाईबाट उपहारको वर्षा नै हुन्छ । तर अभिनेता, निर्माता तथा निर्देशक सुदर्शन थापाका लागि भने उनको जन्मदिन नयाँ फिल्मको निर्देशनको उपहार बनेको छ ।

नयाँ प्रोडक्सन हाउस आसुसेन फिल्मस् प्रोडक्सनले थापालाई शनिवार नयाँ फिल्म निर्देशनको जिम्मेवारी दिएको छ । थापाको ३२औं जन्मदिनको उपलक्ष्यमा आसुसेन प्रोडक्सन हाउसका प्रमुख सन्तोष सेन ठकुरी र मिलन सेन ठकुरीले सरप्राइज स्वरुप पहिलो फिल्म निर्देशनको जिम्मेवारी दिएका हुन् ।

‘पहिलो प्रोजेक्ट सुर्दशनजीसँग गर्ने ईच्छा थियो, त्यसैले बर्थडेको मौका पारेर उहाँलाई गिफ्ट स्वरुप हामीले फिल्म निर्देशनको जिम्मवारी दिएका हौं।’सन्तोषले भने । निर्माण पक्षका अनुसार सुर्दशनले कमेडी फ्लेबरमा आसुसेनको फिल्म गर्नेछन् । जसमा सुदर्शन आफैं प्रमुख कलाकार हुनेछन् । फिल्मका अन्य कलाकारमा सुवास थापा, नवनायक प्रेम पुरी र पूजा शर्माको अभिनय रहनेछ ।

‘मैले करिअरमा पाएको सबैभन्दा ठूलो उपहार नै यो हो, त्यसैले पूर्ण मिहिनेतका साथ उहाँहरुले दिएको सम्मानलाई काममा परिणत गरेर देखाउने छु । थापाले भने ।

थापालाई कमलपोखरीमा रहेको आसुसेन प्रोडक्सनको कार्यालयमा निर्माताहरुले सरप्राईज स्वरुप फिल्म निर्देशनको जिम्मेवारी दिएका हुन । फिल्म तिहारपछि फ्लोरमा जानेछ । अनटाइटल यो फिल्ममा छाँयाकार राजेश श्रेष्ठ, लेखक रामशरण पाठक र चिफ असिस्टेन्ट बसन्त अधिकारीलाई पनि अनुबन्ध गरिएको छ । सुर्दशनले मुख्य हिरो भएर खेलेको फिल्म अझै पनि फाल्गुन १५ देखि प्रर्दशन हुँदैछ ।

SUBSCRIBE 👉