‘मन्डे मुभिज’ मा ‘द सङ्ग्स अफ स्प्पारो’


The-Song-Of-Sparrowग्ल्यामर नेपाल, काठमाडौं । समिक्षक समाज, मण्डला थियटर नेपाल र इन्डीजिनियस फिल्म आर्काभको संयुक्त आयोजनामा सोमबारबाट मण्डला थिएटरमा ‘मन्डे मुभिज’ नामक कार्यक्रम शुरु हुँदैछ । अपरान्ह ४ बजेर ४५ जाँदा शुरु हुने कार्यक्रमको पहिलो चरणमा इरानी फिल्म ‘द सङ्ग्स् अफ स्प्यारो’ प्रर्दशन गरिनेछ ।

इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेको ‘द सङ्ग्स अफ स्प्यारो’ करिम नामक कृषकको चुनौतीमाथि केन्द्रित छ । यस फिल्मले सन् २००८ को ‘बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा ‘सिल्भर वियर फर एक्टर’को अवार्ड जित्न सफल भएको थियो । यो फिल्म ८१ औं एकेडेमी अवार्ड अन्तर्गत ‘उत्कृष्ट विदेशी भाषा’को फिल्मको अवार्डमा मनोनयनमा परेको थियो ।

दोस्रो चरणमा फिल्म प्रदर्शन लगत्तै फिल्मका विभिन्न पक्षमाथि अन्तरक्रिया सञ्चालन गरिनेछ । इरानी फिल्म समिक्षक र फिल्म मेकर कोमिइल सोहेइली र निर्देशक निश्चल बस्नेतले अन्तरक्रियात्मक कार्यक्रममा सहभागिता जनाउँदैछन् ।

‘मन्डे मुभिजमा फिल्मका सबै पक्षबारे छलफल हुन्छन् । इरानी फिल्म प्रदर्शनबाट ‘मन्डे मुभिज’लाई सुरुवात गरेका हौं । फिल्मपछि अन्तरक्रिया समेत हुने हुँदा फिल्ममा लागेका सबैलाई फिल्मका विभिन्न विषयमाथि जानकारी हुन्छ । एक महिना एउटा निर्देशकको फिल्महरुमाथि कुराकानी हुन्छ । फिल्ममा प्रयोग भएका प्रवधि, कथा, अभिनय र निदेशकिय पक्षमाथि केन्द्रित हुनेछौं,’आयोजककी स्मृति ढुंगानाले भनिन् ।

SUBSCRIBE 👉