पति हत्याको आठ महिनापछि नायिका पक्राउ


Shruti-Chandra-Lekhaपति हत्याको आरोपमा दक्षिण भारतीय फिल्मकी एक नायिकालाई बैंग्लोरका प्रहरीले पक्राउ गरेको छ । आठ महिना अघि चेन्नाईमा पतिको हत्या गर्ने २२ वर्षीया श्रुति चन्द्र लेखा नाम गरेकी नायिकालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई पतिले पोर्न फिल्ममा खेल्न दबाब दिने गरेका थिए ।

प्रहरीले तीन दिन अघि श्रुतिलाई पक्राउ गरेको थियो । श्रुतिले आफ्ना दुई साथीको सहयोगमा पति एस रोनाल्डो पीटर प्रित्सोको हत्या गरेकी थिईन् । प्रहरीले गत जनवरीमा नायिकाका पाँच साथीलाई पक्रिएको थियो । पुलिसका अनुसार कन्नड र तमिल फिल्ममा काम गरिसकेकी श्रुतिले साथीको सहयोगमा लाशलाई लुकाएकी थिईन् ।

श्रुतिले आफ्नो पहिलो पतिबाट अलग भएर प्रित्सोसँग दोस्रो विवाह गरेकी थिईन् । व्यापारमा संलग्न प्रित्सोले व्यापारिक घाटा बेहोरेपछि व्यापारिक एक सहयात्रीले पैसा फिर्ता दिन दबाब दिएका थिए । साथीलाई पैसा फिर्ता गर्नका लागि पोर्न फिल्म बनाउने निर्णय लिएका प्रित्सोले उक्त फिल्ममा खेल्न श्रुतिलाई दबाब दिएका थिए । प्रहरीका अनुसार प्रित्सो श्रीमतिलाई ग्रुप सेक्समा सामेल गर्न चाहन्थे, तर यो कुरालाई श्रुतिले इन्कार गरेकी थिईन् ।

पतिबाट दबाब आउन थालेपछि श्रुतिले १८ जनवरीमा प्रित्सोलाई दुधमा विष मिसाएर खान दिएपछि घाटी थिचेर हत्या गरेको प्रहरीले दाबी गरेको छ । पतिको हत्यापछि नायिकाले साथीहरुको मद्धतमा लाशलाई गाडेकी थिईन् ।

SUBSCRIBE 👉