लिजको चुम्बनले जुट्यो पैसा


Kiss-For-Donationपूर्व अष्ट्रेलियन क्रिकेटर शेन वार्नकी प्रेमिका ब्रिटिस मोडल लिज हर्लेले चुम्बन दिएर सामाजिक कामका लागि च्यारिटी फण्ड जुटाएकी छन् । उनले एल्टन जोन्स फाउण्डेसनको सहयोगका लागि क्यानेडियन व्यापारी टाइकुन जुलियन भारतीलाई चुम्बन गरेर ८१ हजार डलर जुटाएकी हुन् ।

तीन सन्तानका पिता जुलियनले एक बढाबढ कार्यक्रममा जितेर मोडल हर्लेसँग डिनर खाँदै लामो समय बिताउने मौका पाएका थिए । २७ वर्षे जुलियन भारतीय मूलका बैंकर हुन् । उनी फोब्र्स एण्ड मेनहटन बैंकका संस्थापक स्टेन भारतीका जेठा छोरा हुन् । जुलियनले आफुले सामाजिक कामका लागि चुम्बन दिएकाले यसमा श्रीमतिको कुनै आपत्ति नरहेको बताएका छन् ।

SUBSCRIBE 👉