कान्तिपुर साप्ताहिकमा मोडल सुपिको हट पोज


kantipur-saptahik-supi-thapaहेटौडामा जन्मिएकी सुपि थापा विगत आधा दशक देखि मोडलिङ्गमा क्रियाशील छिन। लामो समय देखि काठमाडौँमा बसेर अध्ययन तथा मोडलिङ्गलाई निरन्तरता दिईरहेकी सुपिले यो अवधिमा दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। हेटौडामा छायांकन गरिएको चलचित्र “हेल्लो प्रकृति” मार्फत डेब्यु गरेकी सुपिले चलचित्र “मेरो जीवन साथी” मा पनि महत्वपुर्ण भूमिका निर्वाह गरेकी थिईन्। पछिल्लो समय उनले कान्तिपुर टेलिभिजन बाट प्रसारण भएको हाँस्य टेली शृंखला “घर वेटी बा” मा अभिनय गरेकी थीइन। येति बेला उनको मुख्य अभिनय रहेको टेली शृंखला “पराई ” तराई टेलिभिजनमा प्रसारण भईरहेको छ।

सुपि अब चलचित्रमा नायिकाका रुपमा प्रस्तुत हुने तयारी गर्दै छिन। हेटौडा नाचघर तथा अभिनय गुरु सुभाष गहतराजको प्रेरणाले यो क्षेत्रमा आएकि सुपि फुर्सदमा गित सुन्न रुचाउछिन। क्यजुएल वएरकि पारखी ५ फिट ५ इन्च अग्ली सुपि सबै प्रकारका नृत्यमा पारंगत छिन। तस्विर: कमल श्रेष्ठ – कान्तिपुर साप्ताहिक

सुपि थापाको थप हट फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

supi-thapa-photo-gallery