भक्तपुरमा नेपाली तारा अडिसन । १९ जनालाई दोस्रो चरणमा गाउने मौका


nepali-tara-bhaktapur-auditionग्ल्यामर नेपाल, काठमाडौं । नेपालको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो ‘कोकाकोला नेपाली तारा ३’ को अडिसन हालै भक्तपुरमा सकिएको छ। कोका-कोलाद्वारा प्रायोजित सांगीतिक रियालिटी शोले नेपालभरिबाट गायक प्रतियोगीहरु खोजीसकेर अन्तिम अडिसन काठमाडौंमा हुनेछ।

भक्तपुरको अडिसनका लागि आएका ८ सय ८१ प्रतियोगीहरुमध्ये १९ जना (१२ पुरुष र ७ महिला) ले प्रतियोगीताको दोस्रो चरणमा गाउने मौका पाएका छन्। शोमा वरिष्ठ संगीत निर्देशक प्रकाश गुरुङ, वरिष्ठ कम्पोजर र गीतकार सुरेश अधिकारी र गायक रामकृष्ण ढकालका मुख्य निर्णायकका रुपमा थिए।

धरानबाट शुरु भएको अडिसन नारायणगढ, बुटवल, पोखरा, भक्तपुर हुँदै काठमाडौंमा हुन लागेको हो। पहिलो चरणको अडिसनबाट दोस्रो चरणका लागि धरानबाट २२, नारायणगढबाट २३, बुटवलबाट १९ र पोखराबाट १६ प्रतियोगी छनौंट भएका छन्।

SUBSCRIBE 👉