हिट हुँदै जेम्सको सेल्फी भिडियो


jems-pradhan-a-selfie-music-video-image-1ग्ल्यामर नेपाल, काठमाडौं । संगीतमा नयाँ पन प्रयोग गर्न माहिर मानिन्छन्, जेम्स प्रधान। गायन, रचना, कम्पोज, एरेन्जजस्ता संगीतका हरेक पक्षमा सफल मानिएका जेम्सले म्युजिक भिडियो मेकिङमा हात हालेका छन्। त्यो पनि विशुद्ध नौलो र आधुनिक शैलीबाट। उनले बनाएको वान मेन सेल्फी म्युजिक भिडियोले अहिले निकै चर्चा बटुलिरहेको छ। भडियो मेकिङमा विशुद्ध नौलो र आधुनिक शैली अपनाएका हुन्। ‘म हिंडे है…’बोलको गीत लेखनदेखि भिडियो निर्देशन र मोडलिङसम्म उनी आफैंले गरेका हुन्। गीतको सर्जकले नै सेल्फी भिडियो तयार पारेको विश्वमै पहिलो भएको दाबी गरिएको छ।

jems-pradhan-video-iamge

फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा सेल्फी तस्बिर अपलोड गर्ने होडबाजी नै चलेको छ। सेल्फी भनेको आफूले आफैंलाई खिच्नु हो। सेल्फी तस्बिर सामान्य भएपनि सेल्फी भिडियो निकै नोलो मानिन्छ। जेम्सको गीत हिट हुनुको कारण यही नविनता पनि एक हो। भिडियो तयार पार्न झण्डै डेढ महिना लागेको थियो। यो सेल्फी भिडियो हेर्नेको संख्या १५ हजार नाघिसकेको छ। जेम्स भन्छन्, “भिडियो रिलिजपश्चात पाएको सकारात्मक प्रतिक्रियाले मेकिङका क्रममा भोगेको दुखकष्ट भुलेको छु।” चारैतिरबाट पाएको यही हौसलाले आफूलाई आगामी दिनमा पनि अझ नयाँ र सिर्जनात्मक काम गर्न हौसाएको उनले बताए।

SUBSCRIBE 👉