फेसबुकवालमा श्वेताको पीडा


shweta-khadka

Shweta Khadka | Photo: Kamal Shrstha / Glamour Nepal

ग्ल्यामर नेपाल, काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता खड्काले निकै भावपूर्ण वक्तब्य सार्वजनिक गरेकी छिन्। श्रीकृष्णको निधनपश्चात मिडियाबाट टाढा रहेकी श्वेताले सोमबार फेसबुक फ्यान पेज मार्फत आफ्नो भनाई राखेकी हुन्। जहाँले ‘कोहीनुर’सँगै बसेर हेर्न नपाएकोमा दुख पनि व्यक्त गर्दै केही समय आफ्ना फ्यान र शुभचिन्तकबाट टाढा हुनुपरेकोमा दुख व्यक्त गरेकी छिन्। साथै अझ केही समय मिडियामा आउन नसक्ने उनको भनाई छ। यो अभिव्यक्तिबाट उनले शुभचिन्तकको आफूप्रतिको मायाको सम्मान गरेको देखिन्छ।

श्वेताको फेसबुक फ्यान पेज बाट जस्ताको त्यस्तै
मेरा सम्पूर्ण परिवार , आँफ़न्त , साथीभाई ,गुरु मान्यजनहरु, फेसबुक फ्यान , सारा देश विदेशमा रहनु भएका सबै सुभ चिन्तकहरुमा मलाई यस दुखद घडिमा साथ , हौशला र आत्मबल बढाउन सघाउनु भएकोमा म र मेरा परिवार हजुरहरुलाई हृदय देखिनै धन्यबाद टक्रयाउन चाहँनछौ / हजुरहरुले दिएको मायाँ र साथलाई म प्रसंशा गर्न पनि सक्दिन / मेरो चलचित्रलाई सफल बनाउन सघाउनुहुने सम्पूर्ण दर्शक महानुभावहरु , कलाकार , पत्रकार, मिडिया र अन्य सबै जोजसले भूमिका खेल्नु भयो म उहाँहरुमा पनि आभार प्रकट गर्न चाहाँनछु / म माफि चाहन्छु कि म केहि समय हजुरहरु सामु आउन सकिन , हजुरहरुसंग बसेर कोहिनुर चलचित्र हेरेर मज्जा लिन सकिन / मेरो जिन्दगिमा यस्तो कहालि लाग्दो घटना घट्ला भनेर मैले सोचेको पनि थिईन जुन मैले कहिँलेई पनि भुल्न सक्दिन , मैले जति नै प्रयास गरे पनि अब मेरो जिन्दगीमा सायद खुशी आउने छैन / दिनहरु बितेर आज महिना बढी भैसक्यो तरपनि म त्यो काहाली लाग्दो घटना नै बिर्सेर अगाडी बढ्न सकेको छैन / मलाई पुरा बिस्वास छ हजुरहरुले सधैंभरिनै मलाई मायाँ र साथ दिई राख्नु हुने छ र मेरा सारा क्रियाकलापहरुलाई हजुरहरुले अति मन पराइदिनु हुने छ / म फेरि पनि माफि चाहन्छु कि म अझै केहि समय हजुरहरु माझ आउन सक्दिन , सक्दो प्रयाश गरेर छिटो भन्दा छिटो आउने कोशिज अवस्य गर्नेछु र हजुरहरुले धैर्य गरेर मलाई पुरा साथ दिनुहुनेछ भन्ने पुरा बिस्वास राख्दछु /

सम्बन्धित अन्य पोस्टहरु हेर्नुहोस्

# Shree Krishna Shrestha’s 13th days Function | Photo Gallery
# Actor Shree Krishna Shrestha Cremated with State Honors | HD Video
# Actor Shree Krishna Shrestha Cremated with State Honors (Photo & Video)
# Shree Krishna Shrestha and Shweta Khadka
# Shree Krishna Shrestha and Shweta Khadka Wedding Photos

SUBSCRIBE 👉